भक्तपुर प्रहरीले संकलन गरेको ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण
आइतबार, २६ वैशाख २०७८, ११ : २०
महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेर ९५ वटा अक्सिजन सिलिन्डर अस्पताललाई वितरण गरेको छ ।
भक्तपुर अस्पताल, लोकन्थलीस्थित इन्टरनेशनल अस्पताल, कोरिया मैत्री अस्पताल र ललितपुरको अल्का अस्पताललाई सिलिन्डर वितरण गरिएको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।
भक्तपुरमा रहेका उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्र र वर्कशपबाट प्रहरीले सिलिन्डर संकलन गरेको हो । अस्पतालको पत्रका आधारमा सिलिन्डर वितरण गरिएको एसपी थापाले बताइन् ।
भक्तपुर प्रहरीसँग संकलित केही सिलिन्डर बाँकी छ । ती सिलिन्डर पनि अस्पतालको आवश्यकताअनुसार सम्बन्धित उद्योग र वर्कशपलाई फिर्ता गर्नेगरी वितरण गरिने थापाले बताइन् ।
कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन सिलिन्डर अभाव भएपछि प्रहरीले देशभर सिलिन्डर संकलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न