झापा गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार
देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो ।
वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानकारी दिए ।
हाल सेन्टर २० बेडको भएपनि आवश्यकता अनुसार बढाउँदै लगिने अध्यक्ष साहले बताए । अहिलेसम्म होम आइसोलेसनमा बसेका संक्रमितको नियमित स्वास्थ्य परीक्षण गर्न गाउँपालिकाले स्वास्थ्यकर्मीको टोली घरघरमै परिचालन गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा अक्सिजनको मात्रामा कमी आए तुरुन्तै थप उपचार गर्न सहज होस भन्ने उद्देश्यले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको अध्यक्ष साहको भनाइ छ ।
कोरोना संक्रमणको दोस्रो लहर शुरू भए यता झापा गाउँपालिकामा ४० जना संक्रमित भइसकेका छन् भने २ जनाले ज्यान गुमाइसकेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
-
अस्ट्रेलियाद्वारा इनिङ्स समाप्तिको घोषणा, भारतलाई जितका लागि २७५ रनको लक्ष्य
-
पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै
-
एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री
-
प्रदेश सरकारसँग अधिकार नहुँदा उद्योगीका समस्याबारे केही गर्न सकिएको छैन ः मन्त्री तामाङ
-
संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित