बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतावले निफमा सुनाए फिल्म निर्माणको दुःख

आइतबार, २६ वैशाख २०७८, १० : ३४
आइतबार, २६ वैशाख २०७८

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेश्रो दिनमा शनिबार चलचित्र निर्माता एवं निर्देशक प्रताव सुब्बाले चलचित्र निर्माणको दुःख सुनाएका छन् । 

परालको आगो , बाँच्न चाहने जस्ता सुपरहिट चलचित्रहरूको निमार्ण गरेका सुब्बाले त्यो समयमा चलचित्र निर्माणको क्रममा भोगेका दुःख सुनाएका हुन् । 

सो समय सिमित श्रमशक्ति, पुँजी, प्रविधिका अभावका बीच पनि आफुले धेरै कलाकारको बिकास गर्न सफल भएको बताए ।

‘मेरो उदेश्य चलचित्र जगतबाट पैसा कमाउन भन्दा पनि बिकास र बिस्तार गर्ने सधै हर्यो’ उनले भने ‘चलचित्रहरूबीच स्वस्थ प्रतिस्पर्धा थियो । राम्रा चलचित्र निमार्ण हुन्थे ।’ पछिल्लो समय चलचित्रमा अस्वस्थ प्रतिष्पर्धा र अनावश्यक राजनैतिक हस्तक्षेप हुने गरेको उनको भनाई रहेको छ ।

यो क्षेत्रमा आउनु अगाडी फिल्म सोचेरै आफू पागल जस्तो भएको स्मरण गर्दै सुब्बाले प्रवेश गर्नुअघि कुखुरापालन, बंगुर पालन समेत गरेको सुनाए ।

त्यो बेलामा नेपाली समाजका मौलिक चलचित्र निमार्ण हुन्थे । आजकाल सिनेमा जगतमा विकृति आएकोमा दुख महसुस गर्ने सुब्बा नेपाली समाजको ऐनाको रुपमा हेरिएको चलचित्र जगतमा सस्तो लोकप्रियताका लागि विकृति फैल्याएको दुःख व्यक्त गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप