शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार

आइतबार, २६ वैशाख २०७८, १० : २६
आइतबार, २६ वैशाख २०७८

बलिउडका बरिष्ठ अभिनेता अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको छ । उनलाई छोटो फिल्म ‘ह्यापी बर्थडे’का कारणले ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको हो ।

आफुलाई पुरस्कार मिलेको कारण अभिनेताले खुसी समेत ब्यक्त गरेका छन् । उनले ट्वीट गरेका छन् ‘मेरो सट फिल्म ‘ह्यापी बर्थडे’को कारणले मलाई ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा बेस्ट अभिनेता अवार्ड पुरस्कार मिलेकोमा म एकदमै खुसी छु । यसलाई बेस्ट फिल्म अवार्ड पनि मिलेको छ ।’

उनले निर्माण युनिट पुरैलाई आभार पनि ब्यक्त गर्दै आहना कुमरलाई सर्मथनका लागि पनि सम्झिएका छन् ।’

फेस्टिभलमा अनुपम खेरको यो फिल्मलाई पनि सर्वश्रेष्ठ फिल्म अवार्ड मिलेको छ । ‘ह्यापी बर्थ डे’ यो बर्षको बहुप्रतिक्षित लघु फिल्म हो । फिल्ममा अनुपम खेर, अहाना कुमरलगायतको अभिनय रहेको छ । फिल्म प्रसाद कदमले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप