शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित कञ्चनपुरबाट १ जना पक्राउ

आइतबार, २६ वैशाख २०७८, ०९ : ४८
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१४ स्थित नयागाउँ घर भएका ३२ वर्षीय पदम बहादुर कठायत छन् । कठायतको साथबाट १ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी चौकी झोलुङ्गेबाट खटिएको टोलीले उनि सवार प्रदेश–०२–००३ प ६६२२ नम्बरको स्कुटर रोकेर जाँच गर्दा मोबाइलको कभरमा लुकाएर बोकेको अवस्थामा हेरोइन फेला परेको थियो । प्रहरीले उनलाई लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप