सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विधिको शासनको सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

आइतबार, २६ वैशाख २०७८, ०८ : २४
आइतबार, २६ वैशाख २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँच युक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो  प्रतिबद्धता व्यक्त गरेका छन् ।

कानून दिवस, २०७८ का अवसरमा आज  शुभकामना सन्देश दिँदै राणाले भने, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

 यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरे । 

विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप