बार्सा र एथ्लेटिको रोकिँदा रियललाई फाइदा
शनिबार, २५ वैशाख २०७८, २३ : ०४

बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । यद्यपि, यसको फाइदा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पुगेको छ ।
आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराए रियलले एथ्लेटिकोसँग अंक बराबरी गर्नेछ र हेड टु हेडको आधारमा रियलले लिगको शीर्ष स्थानमा कब्जा जमाउनेछ ।
तीन खेल बाँकी छँदा बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष चारमा रहेका कुनै पनि टोलीले अझै लिग जित्ने सम्भावना कायम रहेको छ ।
शनिबारको खेलमा बार्सिलोनाका लागि लियोनेल मेस्सीको प्रहारलाई जान ओबलाकले बचाउ गरेका थिए भने एथ्लेटिकोका लागि पहिलो हाफमा लुइस सुवारेजको प्रहारलाई बार्साका गोलकिपरले बचाऊ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त