लागुऔषधसहित दुई भारतीय पक्राउ
शनिबार, २५ वैशाख २०७८, २० : ५९
लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन् ।
दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा