शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सिजनको जोहो : फ्याक्ट्रीबाहिर आफै लाइन लाग्न थाले बिरामीका आफन्त

शनिबार, २५ वैशाख २०७८, १९ : २४
शनिबार, २५ वैशाख २०७८

बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न  सर्वसाधारण लाइन बस्न थालेका छन् । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किँदै गएको छ । अक्सिजन अभाव चर्किँदै गएपछि मानिसहरु आफै फ्याक्ट्रीको गेटसम्म धाउन बाध्य भएका हुन् ।

फ्याक्ट्रीबाहिर पर्खेर बसेका बिरामीका आफन्तहरु खाली सिलिन्डर भरिएर कतिखेर आउने होला भनेर निराश मुद्रामा बसेको भेटिन्छन् । अहिले अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्न शुरु गरेका छन् भने व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको छ ।

हेर्नुहोस् तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप