बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशीक अस्पतालमा थप सात संक्रमितको मृत्यु

शनिबार, २५ वैशाख २०७८, १७ : ४८
शनिबार, २५ वैशाख २०७८

कैलालीको सेती प्रादेशीक अस्थायी कोरोना अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–५ कैलालीका ४३ वर्षीय पुरुष, भीमदत्तनगरपालिका–११ कञ्चनपुरका ८६ वर्षीय पुरुष, बर्दगोरीया कैलालीका ५७ वर्षीय पुरुष, धनगढी–४ कैलालीका ५८ वर्षीय पुरुष, धनगढी–३ कैलालीका २८ वर्षीय पुरुष, बर्दगोरीया–६ कैलालीका ६१ वर्षीय पुरुष र धनगढी १२ का ५० वर्षीया महिला रहेको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३२ नमूना परिक्षण गर्दा ४ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढीका मात्रै १८५ जना पुरुष र ११८ महिला रहेको श्रेष्ठले बताए । अन्य जिल्लाका ११७ पुरुष र ७३ महिला रहेको उनले बताए ।

आज निको हुनेको संख्या दुई जना मात्र रहेका छन् भने अस्पताल भर्ना हुने २१ जना छन् । आईसीयूमा १८, अक्सिजन सपोर्टमा ३२ र भेन्टिलेटरमा ३ जना रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप