शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले अख्तियारलाई प्रतिशोध साँध्ने संस्था बनाएको देउवाको आरोप

शनिबार, २५ वैशाख २०७८, १७ : ४४
शनिबार, २५ वैशाख २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् ।
शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताए । उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे । 

उनले भने, “उपसभामुखको चुनाव अहिले सम्म नगराई राखेर संबैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्ल्याकमेलिङ गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप