संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन प्रचण्डको अनुरोध
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सबै सदस्यहरुलाई अनुरोध गरेका छन् । उनले प्रतिपक्षी दलका नेता र सभामुख समेतले बैठकमा सहभागी नहुने निर्णय गरिसकेकाले बैठक स्थगित गर्न पनि सरकारसँग माग गरेका छन् ।
‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ’, प्रचण्डले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरुपयोग गर्दै आएको पनि प्रचण्डले आरोप लगाएका छन् ।
लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न खोजेको समेत प्रचण्डको टिप्पणी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण