संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन प्रचण्डको अनुरोध

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सबै सदस्यहरुलाई अनुरोध गरेका छन् । उनले प्रतिपक्षी दलका नेता र सभामुख समेतले बैठकमा सहभागी नहुने निर्णय गरिसकेकाले बैठक स्थगित गर्न पनि सरकारसँग माग गरेका छन् ।
‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ’, प्रचण्डले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरुपयोग गर्दै आएको पनि प्रचण्डले आरोप लगाएका छन् ।
लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न खोजेको समेत प्रचण्डको टिप्पणी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित