शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुन सक्दैनः शंकर पोखरेल

शनिबार, २५ वैशाख २०७८, १२ : ३७
शनिबार, २५ वैशाख २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् । 
यस्तै बादलको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन् । 
शुक्रबार बादलविरुद्ध एमालेकै  खनाल–नेपाल समूहका खिमलाल देवकोटाले विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएपछि एमाले ओली समूहका नेता समेत रहेका पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 

‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौ, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन । मनन गरौँ’, शनिबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप