सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा अक्सिजन बैंक स्थापना

शनिबार, २५ वैशाख २०७८, १० : ३४
शनिबार, २५ वैशाख २०७८

कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो । 
भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचारलाई सहज बनाउन सकियो भनेर अक्सिजन बैंकको स्थापना गरेको  संस्थाका प्रोजेक्ट मेनेजर दीपक राज ढुङ्गानाले जानकारी दिए । 

दोस्रो लहरको कोरोनाका कारण सेती प्रादेशिक अस्पताल, टिकापुर लम्की र अन्य अस्पतालमा समेत अक्सिजन मात्रा कम भई संक्रमितको मृत्यु भइरहेका कारण संस्थाले यो अभियान थालेको उनको भनाइ छ ।  उनले कोरोना संक्रमणको दर कैलालीमा बढ्दै गएको र विभिन्न अस्पतालमा बिरामीको चाप बढ्दै गएको पाइएको पनि बताए । यस्तो  परिस्थितिमा संस्थाले कारोना संक्रमितको ज्यान जोगाउन आफ्नो तर्फबाट काम गरिरहेको उनको भनाइ छ । 
संस्थाले ४० थान अक्सिजन सिलिन्डर जम्मा गरि अक्सिजन बैंकको सुरुवात गरेको भन्दै स्थानीयले समेत खुसी ब्यक्त गरेको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताए ।  
संस्थाले अभियानमा सरिक भई सक्दो सहयोग गरिदिन सम्पूर्ण सरकारी, गैर–सरकारी, सामाजिक, शैक्षिक, बैंक तथा वित्तीय संस्था राजनितिक दल ,संघ संगठन उद्यमी व्यापारी, पत्रकार  र आम नागरिक समक्ष विज्ञप्तिमार्फत अपिल गरेको छ । 
कोरोनाको विषम परिस्थितिको सामना गर्न संस्थाले स्थापना गरेको अक्सिजन बैंकलाई सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाले किसान बहुउद्देश्यीय सहकारी संस्थाको ग्लोबल आइएमई बैंक लम्की शाखामा रहेको खाता नं २००१०१०००००७३ मा सहयोग गर्न  पनि अपिल गरेको शाहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप