बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

शनिबार, २५ वैशाख २०७८, १० : २१
शनिबार, २५ वैशाख २०७८

झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । 

कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् ।

यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ । 

नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।  

नगरपालिका क्षेत्रमा बिएन्डबी, बिर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजङ्घा र अञ्जली हस्पिटल सञ्चालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप