मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

शनिबार, २५ वैशाख २०७८, १० : १८
शनिबार, २५ वैशाख २०७८

 प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । 
बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन ।
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । 

‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले हामी पनि अन्योलमा छौ’, ती मन्त्रीले रातोपाटीसँग भने, ‘कुनै महत्वपूर्ण निर्णय हुनसक्छ ।’
यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप