शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषधसहित विराटनगरबाट २ जना पक्राउ

शनिबार, २५ वैशाख २०७८, १० : १५
शनिबार, २५ वैशाख २०७८

मोरङको विराटनगर महानगरपालिका मुसहर टोलबाट सशस्त्र प्रहरीले दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएका २४

वर्षीय असिम बस्नेत र ३२ वर्षीय पोष्ट कुमार वि.क. छन् । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

को २५ प २५५५ नम्बरको स्कुटरमा सवार उनीहरुको साथबाट ३० एम्पुल डाईजोल्याप, ३० एम्पुल लुपिजेसिक, सोही परिमाणमा फेनारगन र एभिल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

डाईलेक्स डिसी १ बोतल र नाइट्रोजन ट्याब्लेट १० वटा पनि उनीहरुको साथमा फेला परेको छ । लागु औषध कारोबारीलाई थप अनुसन्धान र कारवाहीका लागी ईलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप