शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

साथीको हत्या गरेको आरोपमा पक्राउ

शनिबार, २५ वैशाख २०७८, ०९ : ३६
शनिबार, २५ वैशाख २०७८

साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको वराह नगरापलिका–४ घर भएका प्रकाश तामाङलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।  उनले वैशाख २२ मा रातको सयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् ।

करिब ३० वर्षका मृतकको टाउकोमा चोट लागेको छ । विवाद हुँदा टाउकोमा हिर्काएर साथीको हत्या गरेको आरोपीले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवालले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप