आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

शनिबार, २५ वैशाख २०७८, ०९ : ०८
शनिबार, २५ वैशाख २०७८

सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको  जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको हो । 

स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नोबेल हस्पिटल पुग्दा  गत १७ गते करोना पोजेटिभ पुष्टि भएको थियोे करोना पोजेटिभ भएपछि  नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । 

यो सँगै सिरहामा ८ जनाको मृत्यु भएको छ । भन्ने  १५ जना निको भएर घर फर्केका छ । सिरहामा हाल एकसय ८६ जना  होम आइसोलेसन र १९ जना जिल्ला स्वास्थ कार्यालय सिरहाले  संचालन गरेको  आइसोलेसनमा रहेको  जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव यादवले जानकारी दिएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप