आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको बैठक आज : देउवाले बिफ्रिङ गर्ने

शनिबार, २५ वैशाख २०७८, ०८ : ०९
शनिबार, २५ वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो  २ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको उनको भनाइ छ । २७ गते विश्वासको मत लिने  प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो । खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने छ । 

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ । बुधबार, विहीबार र शुक्रबार देउवा निवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका थिए ।
 क्रमशः प्रधानमन्त्री ओली, एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवासँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओली विश्वासको मत माग्न पुगेका थिए भने नेपाल र प्रचण्डले देउवासँगको भेटवार्ता विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमा केन्द्रित थियो । देउवाले ओलीलाई विश्वासको मत दिन नसकिने जवाफ फर्काएका छन् भने प्रचण्ड र नेपालसँगको छलफलबारे ठोस कुरा बाहिर आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप