शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

शनिबार, २५ वैशाख २०७८, ०७ : ५५
शनिबार, २५ वैशाख २०७८

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमानबारे जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको छ।

भने, देशको पहाडी भूभागका केहि स्थान तथा प्रदेश नं १ को तराई भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा  छ। 

यसैगरी, दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । 

साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरूका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। 

भने, देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम  साथै प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप