बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारी नियुक्त

शुक्रबार, २४ वैशाख २०७८, २१ : ४८
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेका छन् । शुक्रवार प्रधानमन्त्रीले रामेछापको सुनापती गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी ‘संभव’लाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् । 

न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको वैशाख २१ मा निधन भएपछि एकजनाको पद खाली थियो । निरालाको कोभिड–१९ संक्रमणबाट निधन भएको थियो । प्रधानमन्त्रीको तर्फबाट नियुक्त गर्न सकिने पदमा ‘सम्भव’ नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप