शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावेद्वारा क्लोजर पब्लिक/प्राइभेट सेक्टर को-अपरेशनको आह्वान

शुक्रबार, २४ वैशाख २०७८, १९ : ३४
शुक्रबार, २४ वैशाख २०७८

स्विजरल्याण्ड । ह्वावेले क्लोजर पब्लिक–प्राइभेट सेक्टर को–अपरेशनको आह्वान गरेको छ । सेन्ट गलेन सिम्पोजियमको ५० औं वार्षिकोत्सवको अवसरमा ह्वावेले सो आह्वान गरेको हो ।  कार्यक्रममा विश्वभरबाट १ हजार जना सहभागी भएका थिए । 

सोही कार्यक्रममा ह्वावेको कर्पोरेट वरिष्ठ उपाध्यक्ष र बीओडी सदस्य क्याथरिन चेनले मे ७ को विहान विद्यार्थी नेतृत्वको अभियानलाई सम्बोधन गर्दै नीति निर्माता, नियामक र निजी क्षेत्रको संयुक्त प्रयासको आवश्यकताबारे प्रष्ट पारिन् । चेनले आउँदो पुस्ताका लिडरहरूले विश्वास निर्माण गर्ने र व्यापक कनेक्टिभिटिको विश्व बनाउने बताइन् । ​क्याथरिन चेनले धेरै उपकरणहरूले कनेक्टिभिटीको सुविधा दिनु, थप सेवाहरू अनलाइन गरिनु र धेरै महत्वपूर्ण पूर्वाधारहरू रियल टाइम डाटा एक्सचेन्जमा निर्भर भएकोले विश्वभरिका सरकारहरूले सबैलाई उच्च सुरक्षा मापदण्डद्वारा सुरक्षित राखेको बताइन् । 

निजी क्षेत्रका अन्य शीर्ष वक्ताहरू रोचेका बीओडी अध्यक्ष क्रिस्टोफ फ्रान्ज, डेमलरमा बोर्ड अफ मानेजमेन्टका अध्यक्ष ओला कालेनियस, माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकारी सत्य नाडेला, र एचसीएल कर्पोरेशनका मुख्य कार्यकारी अधिकारी रोशनी नादर मल्होत्राले आफ्नो भनाइ राखेका थिए । 

अस्ट्रियाका चान्सलर सेबस्टियन कुज जस्ता राजनीतिक नेताहरू र ट्रान्सनेशनल संगठनका प्रतिनिधिहरू जस्तै स्विस डिजिटल इनिसियटिभ अध्यक्ष डोरिस ल्युथर्ड सहितका सहभागीहरू यस वर्षको सिम्पोजियम, ‘ट्रस्ट मैटरस’को विषयवस्तुमा आफ्ना विचारहरू आदानप्रदान गर्न भेला भएका थिए। 

कार्यक्रमका सहभागीहरूले कोभिड–१९ महामारीको बेला देखा परेका साझा चुनौति र जोखिमहरूलाई सम्बोधन गर्न ठोस, क्रियात्मक कदमहरु चाल्ने समय भएको बताए । 

सेन्ट गलेन विश्वविद्यालयका ३५ विद्यार्थीहरूको टोलीका सदस्य साइमन जुलिगरले युवा पुस्ताका सदस्यका रूपमा सामाजिक मिडियाका माध्यमबाट धेरै व्यक्तिसँग जोडिएको तर यो हामीले विश्वास गर्ने व्यक्तिको सर्कलसँग मेल नखाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप