शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारलाई हुन्डाईद्वारा ५० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

शुक्रबार, २४ वैशाख २०७८, १८ : ४१
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुन्डाईले ५० लाख बराबरका कोविड–१९ उपचार का सामाग्री गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

हुन्डाईले पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो । 

हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण  रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप