विदुर नगरपालिका–२ का वडा सदस्य भण्डारीको मृत्यु
शुक्रबार, २४ वैशाख २०७८, १८ : ३७
नुवाकोट । नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।
बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो । नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताइन् । उनको निधनमा शोक व्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन