केन्द्रीय संस्करण

भैरहवाको भीम अस्पतालले भन्यो– अक्सिजन पुर्‍याउन सकिएन आफैं व्यवस्थापन गर्नु

person explore access_timeबैशाख २४, २०७८ chat_bubble_outline0

बुटवल । भैरहवाको भीम अस्पतालले बिरामीलाई अक्सिजन  नसक्ने भन्दै आफै व्यवस्थापन आग्रह गरेको छ । आज एक सूचना जारी गरेर अस्पताल प्रशासनले कोभिड १९ का बिरामीको अत्याधिक चाप भएकोले अक्सिजन नपुग्ने भन्दै बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको जनाएको हो ।

‘हालको विद्यमान अवस्थामा कोभिड १९ का बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाई नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था रहेको छ’ अस्पतालले भनेको छ, ‘सम्पूर्ण महानुभावहरूमा सोही अनुसार व्यवस्थापन गर्नु हुन सूचित गरिन्छ ।’

भीम अस्पताल प्रदेश सरकारले घोषणा गरेको कोरोना अस्पताल हो । बिरामीले बेड भरिएपछि अस्पतालले खुल्ला ठाउँमा राखेर सेवा दिइरहेको छ । हाल उक्त अस्पतालमा  ५ आइसीयुसहित २० वटा एचडियु बेड छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.