बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा शनिबार मध्यरातदेखि निषेधाज्ञा

शुक्रबार, २४ वैशाख २०७८, १८ : ०४
शुक्रबार, २४ वैशाख २०७८

सर्लाही । सर्लाहीमा शनिबार मध्यरातदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ । शनिबार राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको जोखिम बढ्दै गएकोले जिल्लाभर निषेधाज्ञा लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

शुक्रबार जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा (३) र संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको प्रजिअ तामाङले बताए ।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, निजी सवारी साधनमा रोक लगाइएको समेत उनले स्पष्ट पारे । निषेधाज्ञामा एम्बुलेन्स, शववाहन, खाद्य सामग्रीको ढुवानी गर्ने सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, झण्डाबाहक सवारी, कुटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी साधन चलाउन पाउने निर्णय समेत भएको छ ।

बैठकले निषेधाज्ञा अवधिमा रेष्टुरेन्ट, ब्युटीपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल खोल्नमा रोक लगाएको छ । त्यसैगरी अत्यावश्यक सार्वजनिक सेवा, बैँक, वित्तीय संस्था, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसल, पेट्रोल पम्प खोल्न दिने निर्णय गरेको छ ।

खाद्यान्न, फलफूल तरकारी, दुर डेरी, ग्याँस पसललाई विहान ७ बजे देखि १० बजेसम्म मात्र खुल्न दिने निर्णय भएको तामाङले बताए । बैठकले विवाह ब्रतबन्ध, न्वारन, मृत्यु संस्कार लगायतका कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक कायम गरी बढीमा १५ जनाभन्दा बढिको उपस्थित हुन नदिने निर्णय गरेको छ । मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरूमा नित्य पूजाबाहेक अन्य सामूहिक पूजा तथा बली, मेला महोत्सवमा समेत रोक लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप