बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

शुक्रबार, २४ वैशाख २०७८, १७ : २१
शुक्रबार, २४ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका म्याग्दी, रुपन्देही र दाङका तीन जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आज दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ३२ वर्षका युवाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनका बुधबार कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी दाङ जिल्लाको लमही ५ का ४४ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।  यसअघि आज नै पोखरामा ४ जना संक्रमितको मृत्यु भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप