शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका न्यायाधीशको राय बाझियो
काठमाडौं । ललिता निवासको जग्गा घोटाला गरेको आरोपमा थुनामा रहेका शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई बीचमा राय बाझिएपछि ढकालको मुद्दामा निर्णय हुन सकेन ।
विशेष अदालतले ०७७ माघ २८ मा ढकाललाई थुनामा राख्ने आदेश गरेको थियो । सो आदेश बिरुद्ध सर्वोच्च गएका ढकालको मुद्दा पुर्ण इजलासबाट सुनुवाइ गर्न आदेश गरिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए । तर, अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि सो मुद्दा उपर निर्णय हुन पाएन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट ललिता निवासको जग्गा मध्ये धेरै कित्ता जग्गा ढकाल र उनकी पत्नीको नाममा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ