देशकै राजधानीको दृश्य : अस्पतालमा बेड भरियो, पेटीमा राखेर उपचार

काठमाडौं महाराजगन्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बेड प्याक भएपछि बाहिरै राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालबाहिरै अक्सिजनको व्यवस्थासहित गम्भीर बिरामीको उपचार गर्न थालिएको हो ।
अस्पताल हातामा भेटिएका लिलाराम तिवारीले गत सातादेखि नै अस्पतालमा बेड पाउन मुस्किल रहेको बताए । ‘मेरी श्रीमतीलाई यहीँ भर्ना गरेको छु, लिएर आएको एक हप्ता भयो । सुरुमा ८–९ घण्टा बाहिरै बेडमा राखेर अक्सिजन दिइयो, त्यसपछि बल्ल बेड पाइयो,’ उनले भने,‘डाक्टरले लेखेको औषधी रेम्डेसिभिर पाइँदै पाइँदैन । त्यसको दुई डोज ४२ सयमा पाइने रहेछ । बल्लतल्ल चार दिनअघि एक डोज किनेँ, भोलिपल्ट आउनु अर्को डोज लिन भनेको थियो, औषधी पसलमा पाइएन । १६ हजार तिरेर ब्ल्याकमा किन्नुस् भन्ने अफर पनि आएको थियो, मैले किनिनँ ।’
बिरामीको चापका कारण सरल स्वास्थ प्रवाह गराउने अस्पतालको प्रयास पनि असफल भइरहेको उनले बताए । ‘अस्पतालले व्यवस्थापन गर्न खोजेकै जस्तो देखिन्छ । तर, के गर्ने यहाँ चाप ठूलो छ, इमर्जेन्सीमा बेड प्याक छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् अवरोध खुलाउन सत्ता र प्रतिपक्षबिच २ बुँदे सहमति
-
ग्लोबल आइएमई बैङ्कको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
-
राजविराज नगरपालिकामा भएको भ्रष्टाचार छानबिन गर्न माग
-
१० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड
-
गायिका रचना रिमालको स्वास्थ्यमा सुधार
-
नेपाली राष्ट्रिय राजनीतिलाई सङ्लो पार्ने पाँच सूत्र