यी हुन् भारतबाट आएकाहरुलाई राख्न उपत्यकामा तोकिएका होटल क्वारेन्टिन
शुक्रबार, २४ वैशाख २०७८, १६ : ५७
काठमाडौं । सरकारले भारतबाट आएका पर्यटकहरूलाई राख्न उपत्यकाका विभिन्न होटलहरुलाई क्वारेन्टिन तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको गत बैशाख १९ गतेको निर्णयअनुसार एयर बबल सुविधा अन्तर्गत भारतबाट हवाई उडान मार्फत नेपाल आउनेहरूका लागि उपत्यकाका विभिन्न स्थानका ८ वटा होटलहरुलाई क्वारेन्टिनको रुपमा तोकिएको छ ।
जसमा गोदावरीको भ्यू भृकुटी, गुह्यश्वरीको माधव होटल, एयरपोर्टको होटल एयरपोर्ट, गौशालाको आमलम्दम्, रिडर्स ईन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिसोर्ट र जगातीकै अर्को ए वान रिसोर्ट तोकिएको छ । यी होटलहरूमा भारतबाट आएकाहरुले अनिवार्य १० दिन होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपर्नेछ भने सेवाग्राहीहरुबाट होटलले बढीमा दिनको ३ हजारसम्म लिन पाउने गरि सरकारले दर रेट तोकिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह