बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘जुनुको जुत्ता’ ले जित्यो रुसमा अवार्ड

शुक्रबार, २४ वैशाख २०७८, १६ : ५०
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ले रुसको ‘फेस्ट प्रो फिल्म फेस्टिभल’ मा बेस्ट सर्ट फिल्मको अवार्ड हात पारेको छ । फेस्टिभलमा नेपाली फिल्म ‘जुनुको जुत्ता’ उत्कृष्ट फिल्म घोषित हुँदा रुसकै ‘द फाइनल स्ट्यान्ड’ ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउन्टेन’ ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड हात पारेको छ । 

यस अगाडि विभिन्न अन्तराष्ट्रिय फिल्म फेष्टिभलमा समेत उत्कृष्ट अवार्ड हात परेको ‘जुनुको जुत्ता’ चप्पल उल्टो लगाउने एक सानी नानीको कथामा बनेको छ । ‘सुल्टो’ नलगाउँदा पाएको नमिठो गालीपछि सानी सानीले सुल्टो जुत्ता नलगाउन गरेको संघर्ष फिल्ममा प्रस्तुत छ । 

विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धरले खिचेका हुन् । विप्लवराज पोखरेलको सम्पादन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् । 
फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी शर्मा लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप