बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुश्किलमा बित्यो शिल्पा शेट्टीको १० दिन, कोरोनाको चपेटमा आएको थियो पूरा परिवार

शुक्रबार, २४ वैशाख २०७८, १६ : ३५
शुक्रबार, २४ वैशाख २०७८

कोरोनाभाइरसको दोस्रो लहरले भारतमा विध्वंश मच्चाइरहेको छ । मुम्बई र महाराष्ट्रमा पछिल्लो दिन थुप्रै ठूला सेलिब्रिटी पनि यो रोगको चपेटमा आए । यसैबीच शिल्पा शेट्टीले पछिल्लो १० दिन आफ्नो परिवारका लागि निकै मुश्किल भएको जानकारी दिएकी छिन् । उनले कोरोनाका कारण आफूहरुको जस्तो स्थिति भएको थियो, त्यसबारे विस्तृत जानकारी दिएकी छिन् ।

छोरी–आमासमेत थुप्रैजना पोजेटिभः

शिल्पा शेट्टीले इन्स्टाग्राम अकाउन्टमा यसबारे पोस्ट लेखिन्, ‘पछिल्लो १० दिन हाम्रो लागि निकै मुश्किल रह्यो । मेरा सासु–ससुरा कोभिड द्वारा संक्रमित पाइए । त्यसपछि समिशा, वियान–राज, मेरी आमा र राज पनि यसको चपेटमा आए । आधिकारिक दिशानिर्देश र डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा आफ्नो कोठामा छन् ।’

शिल्पाको रिपोर्ट के छ ?

शिल्पाका अनुसार उनको कोभिड परीक्षण नेगेटिभ आएको छ । उनका घरका सहयोगी दुईजना पनि कोरोनाद्वारा पोजेटिभ देखिए । उनीहरुको पनि उपचार भइरहेको छ । सबैजना स्वास्थ्य लाभ गरिरहेको शिल्पाले जानकारी दिइन् ।

शिल्पाले थपिन्, ‘बीएमसी र अथोरिटीका अनुसार जे पनि प्रोटोकल र गाइडलाइन छन्, त्यसको हामी पालना गरिरहेका छौं । सबैले समयमा नै प्रतिक्रिया दिइरहेका छन् । सबैलाई समर्थन र प्रेमका लागि धन्यवाद ।’

यसका साथै शिल्पाले सबैलाई मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न र जतिपनि प्रोटोकल र गाइडलाइन छन्, त्यसको पालना गर्न आग्रह गरेकी छिन् । उनले भनिन्, ‘तपाईंको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे भएपनि सबैले निर्देशनको पालना गर्नुहोस् । तपाईंको मन र मस्तिष्कलाई सकारात्मक बनाउनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप