प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक : सभामुख र प्रतिपक्ष दलका नेता जालान् ?
काठमाडौं । सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएको परिषदका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । उनले नाम उल्लेख नगर्ने शर्तमा विभिन्न आयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाएको बताए ।
उनका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएका थिएनन् । उनीहरु सहभागी नभएपछि ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए ।
अहिले फेरि सरकारले अध्यादेशमार्फत नियुक्ति गर्न लागेको हो । नयाँ अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ । केही दिनअघि मात्रै राष्ट्रपतिले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । यस पटक पनि दलहरुबीच कलह जारी रहेकै वेलामा बोलाएको परिषद बैठकमा सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता सहभागी हुने सम्भावना कम रहेको स्रोतको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?