राष्ट्रियसभा उपनिर्वाचन : अघिअघि देवकोटा, पछिपछि बादल !
काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणादेखि दर्तासम्मै अघि अघि डा. खिमलाल देवकोटा र पछिपछि रामबहादुर थापा बादल भएका छन् ।
उम्मेदवारी घोषणा र मनोनयन मात्रै होइन, परिणामसमेत सोहीअनुसार आउने आँकलन हुन थालेको छ । किनभने, प्रदेशका मतदाता र मतभारका आधारमा निर्वाचन परिणाम पनि अघि अघि देवकोटा र पछिपछि थापा हुने निश्चितजस्तै छ ।
देवकोटालाई विपक्षी गठबन्धनबाट गत बुधबार नै उम्मेदवारका रुपमा अघि सारिएको थियो भने बादलको उम्मेदवारीको टुंगो शुक्रबारमात्रै लागेको थियो । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफलपछि बादल त्यहीँबाट हेलिकोप्टर चढेर उम्मेदवारी दिन हेटौंडा पुगेका हुन् । उनको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् भने प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक रहेकी छिन् ।
त्यसैगरी देवकोटाका प्रस्तावकमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल छन् भने समर्थक काँग्रेस सांसद राधा घले छिन् । निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यतालिका अनुसार शुक्रबार सो पदमा तीनजनाको उम्मेदवारी परेको छ ।
शुक्रबार सबैभन्दा पहिले विपक्षी गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट समुह माधव नेपाल समुह ) का तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । डा. देवकोटाले उम्मेदवारी दर्ता गरेको केहीबेरमै सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गरे । तेस्रो नम्बरमा नेमकिपाले उम्मेदवारी दर्ता गरेको छ ।
नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् । सांसद सुरेन्द्रराज गोसाईको प्रस्ताव र सांसद सिर्जना सैंजुको समर्थनमा कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन् । राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र गत चैतमा परित्याग गरेपछि उनको स्थान खाली भएको थियो ।
सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो । यो उप निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राप्रपा र नेमकिपा गरी ५ वटा दलले आयोगमा दल दर्ता गरेका थिए । उम्मेदवारी भने तीनजनाको मात्र परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा ‘एआई’ सम्बन्धी पाचौं चरणको शैक्षिक कार्यक्रम
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण