शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशद्वारा भारतलाई १० हजार भाइल रेम्डेसिभिर सहयोग

शुक्रबार, २४ वैशाख २०७८, १५ : ०९
शुक्रबार, २४ वैशाख २०७८

कोरोना महामारीसँग संघर्षरत भारतलाई बंगलादेशले बिहीबार रेम्डेसिभिरको १० हजार भाइल सहयोग गरेको छ । कोलकातास्थित बंगलादेशका सहायक उच्च कमिस्नरले भारतीय प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

बंगलादेशले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा सहयोग सामाग्री भारत पठाइएको जनाएको छ । रेम्डेसिभिर कोभिड–१९ का गम्भीर बिरामीहरुको उपचारमा प्रयोग हुँदै आएको छ ।

यसअघि अत्यावश्यक सामाग्री पनि सहयोग गर्ने प्रस्ताव बंगलादेशले गरेको जानकारी बुधबार भारतको विदेश मन्त्रालयले दिएको थियो । 

भारतमा पठाइएको रेम्डेसिभिर बेक्सिम्कोले उत्पादन गरेको हो । बंगलादेशका ठूला औषधी कम्पनीमध्येको एक बेक्सिम्कोले आफ्नो देशमा कोभिशिल्ड खोप लैजानका लागि भारतको सेरम इन्स्टिच्युटसँग पनि साझेदारी गरेको छ ।

कोभिड–१९ महामारीले ग्रस्त भारतमा बंगलादेशले पठाएको यो पहिलो सहयोग हो । बंगलादेशले ठूला मात्रामा भिटामिन सी, डि, जिन्क सप्लिमेन्ट्स्, एन ९५ मास्क र कोभिड १९ का बिरामीहरुलाई आवश्यक औषधी पठाउने तयारी पनि गरिरहेको छ ।

बंगलादेश आफैं पनि कोरोनाको चपेटामा छ । यहाँ बिहीबार ४१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यद्यपी, पछिल्लो आँकडाले देशमा कोरोनाको संक्रमण घट्दै गएको देखाउँछ ।

स्रोत : द हिन्दू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप