जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने पनि उल्लेख गरेकी छिन् ।
आजै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको वार्ता सहमति नजिक नपुगेको उल्लेख गरेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा पार्टीको केन्द्रीय कमिटि बिस्तार गरेपछि विवाद चर्कंदै गएको थियो भने नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते