बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कोभिड बिरामीको उपचारका लागि अजयले खोले निशुल्क आइसोलेसन सेन्टर

शुक्रबार, २४ वैशाख २०७८, १४ : ४९
शुक्रबार, २४ वैशाख २०७८

एजेन्सी । बलिउड अभिनेता अजय देवगण र आनन्द पण्डितले मिलेर मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । जहाँ, बिरामीहरुले निःशुल्क सेवा पाउनेछन् । यसमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा छ । पछिल्लो साता अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ ।

यसै कामसँगै अजयको निकै प्रशंसा भइरहेको छ । अजयले नै अघि सारेको यस योजनामा पण्डितले साथ दिएका हुन् । अब यी दुई जनाले मिलेर भारतका अन्य स्थानमा पनि यस्तै सेवा बिस्तार गर्नेबारे सोचका छन् ।  ‘आज चिकित्सा क्षेत्रमा निकै ठूलो दबाब छ । यो दबाब खटोस् र बिरामीले पनि उपचार पाउन सकुन् भनेर हामीले यस्तो काम गरेका हौं’ आनन्द पण्डितले भने । 

मुम्बईमा तीनवटा कोभिड केयर सेन्टर खोल्ने योजना रहेको आनन्दले बताए । ‘बोरावली सेन्टरमा झन्डै २५ बेड हुनेछ, यसको काम अहिले चलिरहेको छ । मुम्बईका अलग–अलग हिस्सामा ७५ वटा शैयाको व्यवस्था गर्ने योजना छ,’ आनन्दले भने, ‘हामीले धेरै अस्पतालहरूका डाक्टर र विज्ञहरुसँग सहायता लिइरहेका छौं । बिरामीको उपचारको सम्पूर्ण खर्च हामी नै व्यहोर्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप