शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एनआईबीएल समृद्धि फन्ड–२’ योजनामा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन

शुक्रबार, २४ वैशाख २०७८, १४ : २८
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको ‘एनआईबीएल समृद्धि फन्ड–२’ योजनामा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन परेको छ ।

एनआईबीएल म्युचुअल फन्ड अन्तर्गतको ‘एनआईबीएल समृद्धि फन्ड–२’ योजनाको १० अङ्कित दरको १२ करोड इकाईहरु बैशाख १३ गतेदेखि बैशाख १६ गतेसम्म सार्वजनिक रुपमा बिक्री आह्वान भएकोमा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण आवेदकहरुबाट (बीज पुँजी बाहेक) कुल ६७,०७६ आवेदन फाराम मार्फत जम्मा १५,६३,०३,९९० इकाईको लागि आवेदन प्राप्त भएकोमा ६४,५१४ आवेदन फाराम मार्फत जम्मा १४,५२,९५,४०० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएकोे कम्पनीले जनाएको छ । जसमा कुल २,५६२ आवेदन फाराम मार्फत जम्मा १,१०,०८,५९०, इकाईको लागि आवेदन प्राप्त नभएकोले रद्ध गरिएको र रितपूर्वक आवेदन प्राप्त भएकोे मध्येबाट कुल ३३ आवेदन मार्फत जम्मा १६,६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको जानकारी कम्पनीले दिएको छ ।

योजनाको कुल आकार १ अर्ब ५० करोडको जम्मा २० प्रतिशत बीज पुँजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोड मध्ये २९ करोड रकम बराबरको २ करोड ९० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड १ करोड रकम बराबरको १० लाख इकाई योजना ब्यबस्थापन एनआईबीएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँट गर्नु पर्ने जम्मा १२ करोड इकाईहरु ६४,४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४,४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई संलग्न भएको कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप