रुसले ल्यायो एकै डोजले काम गर्ने खोप
एजेन्सी । रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् । यो खोप मस्कोस्थित गामलिया रिसर्च इन्स्टिच्युटले बनाएको हो, यसअघि यही इन्स्टिच्युटले स्पुतनिक भी नामक खोप बनाएको थियो । विश्वका ६० देशमा यसको प्रयोग भइरहेको छ । रुसले यो खोपलाई कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोपका रुपमा प्रचार गरिरहेको छ ।
भारतले स्पुतनिक खोपलाई अनुमति दिइसकेको छ र १ मेदेखि यसको पहिलो डोज भारतमा आइसकेको छ । त्यसैले, नयाँ सिंगल डोजको लाइट खोपलाई पनि भारतले चाँडै अनुमति दिने अनुमान गरिएको छ । स्पुतनिक भी जसरी नै स्पुतनिक लाईटलाई पनि रसियन डाइरेक्ट इनभेस्टमेन्ट फन्डले लगानी गरेको छ । यस कम्पनीका सिइओ किरिल दिमिट्रियवका अनुसार यस खोपको मूल्य १० डलर (झन्डै ११८० रुपैयाँ) पर्नेछ ।
यस खोपको फेज ३ ट्रायलमा ७ हजार मानिस समावेश भएका छन् । घाना, रुस र युएईमा ट्रायल चलेको थियो । २८९ दिनपछि यसको डाटा एनालाईज गरियो । जसअनुसार यो खोप कोरोनाका सबै नयाँ स्ट्रेनमा असरदार रहेको पाइयो । डाटाले देखाएअनुसार अन्य दुई डोजका धेरै खोपभन्दा यो धेरै असरदार छ ।
स्पुतनिक लाईटका फाइदा
–यसको समग्र प्रभावकारिता ७९ दशमलव ४ प्रतिशत छ । खोप लगाएका १ सय प्रतिशत मानिसमा १० दिनपछि एन्टिडबडिज ४० गुणासम्म बढ्यो ।
–खोप लगाएका सबै मानिसमा कोरोना भाइरसको एस प्रोटिन विरुद्ध प्रतिरोध प्रतिक्रिया विकास भयो ।
–यस खोप एकै डोजको भएकाले धेरै जनसंख्या भएका देशमा खोप लगाउने दर बढाउन सकिनेछ ।
–स्पुतनिक लाईटलाई २ देखि ८ डिग्री तापक्रममा भण्डारकण गर्न सकिन्छ । अर्थात्, यसको ओसार पसार गर्न सहज छ ।
–पहिल्यै कोरोना भइसकेका व्यक्तिमा पनि यसले प्रभावकारी काम गर्छ ।
–खोप लगाइसकेपछि कोरोनाको गम्भीर असरको खतरा कम हुनेछ, प्रायःजसो मामिलामा बिरामीलाई अस्पताल भर्ना गर्नु जरुरी हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पारेको छ : मलाला युसुफजाई
-
संसदीय समितिको बैठकमा सांसदहरू नआएपछि बैठक सञ्चालनमा समस्या
-
अनुसन्धान अधिकृतलाई बयान दिँदा बसेको ठाउँ रविको ‘न्यायिक हिरासत’
-
काठमाडौँबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन
-
पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ खर्च भयाे : मन्त्री अधिकारी
-
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र