आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न मन्त्री गुरुङको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस, नेपालको पहिलो छापा पत्रिका गोरखापत्र दैनिकको १२१ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५९ औं वार्षिकोत्सवका अवसरमा आज जारी शुभकामना दिँदै उनले मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक न्यायसहितको लोकतन्त्र, शान्ति र समृद्धिको कामलाई अझ सबल बनाउने काममा आगामी दिनमा आम सञ्चारमाध्यमले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।
नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार प्राप्तिको आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालको आमसञ्चार जगतले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै उनले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र आमसञ्चारसँग सम्बन्धित सबै व्यवस्थाको कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको स्मरण गराए ।
“‘समृद्ध नेपाल : सुुखी नेपाली’ मुलुकको राष्ट्रिय संकल्प हो, आम सञ्चारमाध्यमहरुले सोही संकल्प पूरा हुने गरी ‘समृद्धिका लागि सञ्चार’ भन्ने अभियानलाई सार्थक बनाउने छन् भन्ने मैले विश्वास लिएको छु” सन्देशमा भनिएको छ, “सरकारले आमसञ्चार क्षेत्रलाई अझै सम्मानित, मर्यादित, जिम्मेवार र गरिमामय बनाउन चाहेको छ । त्यसका लागि आवश्यक नीतिगत, कानूनी र संस्थागत संरचनाहरूको रुपान्तरणलाई समयसापेक्ष बनाउन सरोकारवाला सबैको साथ र सहयोगको सदैव अपेक्षा राखेको छ ।”
पत्रकारको दक्षता अभिवृद्धिका लागि ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्ने सोच, संकल्प र योजना अघि सारिएको जनाउँदै उनले प्रेस पास, नवीकरणलगायत कामलाई सहज बनाउन सम्बन्धित जिल्ला हुलाक कार्यालयले नै काम गर्ने व्यवस्था गरिएको बताए ।
सन्देशमा कोभिड संकटले मारमा परेका सञ्चारगृहका लागि सहुलियत व्याजदरमा कर्जा प्रवाह, सञ्चारकर्मीलाई बीमाको व्यवस्था, लोक कल्याणकारी विज्ञापन, अनुदान सहायता लगायत कामलाई निरन्तरता दिएर सरकारले आमसञ्चार क्षेत्र र सञ्चार उद्यमीको व्यावसायिक हित र अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख छ ।
सरकारका प्रवक्ता गुरुङले कोभिड १९ संकटका यस घडीमा फिल्डमै डटेर जनताको जीवन रक्षामा लागेका सम्पूर्ण सञ्चारकर्मीप्रति कृतज्ञता ज्ञापन गर्दै सबै सञ्चारकर्मीको उत्तरोत्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश
-
बढाइयो सलमान खानको सुरक्षा, घरको बाल्कोनीमा बुलेटफ्रुफ सिसा
-
स्पाइडरम्यान अभिनेता–अभिनेत्रीले गरे इन्गेजमेन्ट
-
के तपाईं ‘अल्फा जेन’को शिक्षक हो ?
-
रास्वपाका नगर उपसभापति एमाले प्रवेश
-
‘सत्ता हस्तान्तरण मुस्किल बनाउन हर सम्भव प्रयास गर्दै छन् बाइडेन’