आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा कोरोना संक्रमणबाट महिलाको मृत्यु

शुक्रबार, २४ वैशाख २०७८, १३ : २६
शुक्रबार, २४ वैशाख २०७८

सिरहा । सिरहामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ निवासी ४५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जनकपुरस्थित एक प्राइभेट अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ  भने संक्रमितहरुको संख्या २ सय ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप