गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा –२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । यस्तै पर्वतकै जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
-
पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको छ : सभामुख घिमिरे
-
अन्तिम जितसँगै सुदूरपश्चिम पहिलो, हारे पनि काठमाडौँलाई पछि पार्दै कर्णाली प्ले अफ चरणमा
-
सिंहको शवलाई कांग्रेस पार्टी कार्यालय लगियो
-
हङकङले नेपाललाई दियो ११४ रनको लक्ष्य
-
सांसद र पत्रकारहरुबिचको सम्बन्ध सहज हुनुपर्छ : अध्यक्ष दाहाल