शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ' बिहीबारदेखि सुरु

शुक्रबार, २४ वैशाख २०७८, १० : ३९
शुक्रबार, २४ वैशाख २०७८

चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । 

कोरोनाको कारण भर्चुअल रुपमा आयोजना भएको महोत्सवमा बिहिबार बलिउड निर्देशक अनुराग कश्यपले फिल्म निर्माणको बिषयमा आफ्ना अनुभव बाँडेका थिए ।

विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्घाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिको फेस्टिभललाई शुभकामना समेत दिएका थिए ।

महामारीले हाम्रो मनोबल कमजोर बनाएको छैन है भन्ने सन्देश दिन भर्चुअल रुपमै भएपनि फेस्टिभल आयोजना गरिएको आयोजक केपी पाठकले बताए ।

नेपाली चलचित्र र चलचित्रकर्मी लाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्य रहेको फेस्टिभलमा थुप्रै फिल्म प्रदर्शन हुनेछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,  राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, कलाकार नीर शाह, तुलसी घिमिरे लगायतले फिल्म, साहित्य र संगीतको बिषयमा धारणा राखेका थिए ।

फेस्टिभलमा शुक्रबार फिल्म प्रदर्शन र नेपाली सिनेमा सम्बन्धी बहसहरू सञ्चालन हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप