बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन

शुक्रबार, २४ वैशाख २०७८, १० : ०२
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन गरिएको छ । अस्पतालमा कोभिड–१९ बाट संक्रमित बिरामीको चाप बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर संकलन गरिएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको १ सय ५९ वटा सिलिन्डर जिल्लाका ४ वटा अस्पताललाई बितरण गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोभिडका विरामीको प्रयोजनका लागी ति सिलिन्डर वितरण गरेको हो ।​

डिसिसिएमसीको निर्णय अनुसार पाटन अस्पताललाई ५० थान, किष्ट मेडिकल कलेजलाई ५० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पतालाई १५ थान अक्सिजन सिलिन्डर वितरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप