बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा उम्मेदवार तय गर्नुअघि ओलीले बोलाए नेताहरुलाई बालुवाटार

शुक्रबार, २४ वैशाख २०७८, ०९ : ४७
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बालुवाटार बोलाएका छन् । उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको नेता सुवास नेम्वाङले जानकारी दिए ।


वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनको समय आज तोकिएको छ । ‘औपचारिक बैठक त होइन अनौपचारिक छलफलका लागि अध्यक्षले बोलाउनु भएको हो । हामी पुग्दैछौ । फस्ट आवरमा उम्मेदवारको टुंगो लाग्छ,’ नेम्वाङले रातोपाटीलाई बताए ।

 


 

 विहीबार बालुवाटारमै बसेको एमाले स्थायी कमिटी बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सकेको थिएन । यसअघि माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवार बनाउने भनेपनि विपक्षी गठबन्धनका उम्मेदवारले जित्ने पक्का भएपछि बादल उम्मेदवार बन्नबाट हच्किएको बुझिएको छ ।

 


 

यसैबीच विपक्षी गठबन्धन (काँग्रेस, माओवादी केन्द्र, एमाले खनाल नेपाल समूह र जसपा) का उम्मेदवार डा खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेका छन् ।

‘मनोनयनका लागि हेटौडा आइपुगेको छु ।  सामाजिक संजाल लगायत संचारका विभिन्न माध्यमबाट यहाँहरुले दर्शाउनुभएको सद्‌भावका लागि निकै नै आभारी छु । यहाँहरुको सहयोग र शुभेच्छा अन्तिम परिणाम प्राप्त नहुन्जेलसम्म कायम रहने अपेक्षा समेत गर्दछु’, देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप