बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

शुक्रबार, २४ वैशाख २०७८, ०९ : २८
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । लेनदेन मुद्दाका फरार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–४ घर भएका शालिकराम कुँइकेललाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बारा घर भएकी बेवीकुमारी सिंह भण्डारीले दायर गरेको लेनदेन मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले ०७२ असारमा उनलाई ७ लाख जरिवाना र १ वर्ष कैद हुने फैसला गरेको थियो । उच्च अदालत पाटनले सो फैसला सदर गरेपछि कुँइकेल फरार भएका थिए ।

उच्च अदालतले ०७३ मंसिर १६ मा जिल्ला अदालतको फैसला सदर गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप