राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।
उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।
विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दल एमाले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । सुरुमा बादललाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । तर एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको पाइएको छ ।
जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने बादलले अडान लिएपछि एमाले स्थायी कमिटीको बिहीबारको बैठकले कुनै निर्णय लिन सकेको थिएन । एमालेभित्रको विवाद संवादतिर मोडिएकाले मनोनयन दर्ताको समयसम्म एमालेले कसलाई अगाडि सार्छ भन्न सकिने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की