चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

भक्तपुर । चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा. रञ्जीतकुमार दाससहित डा.सुलभ केसी र डा.जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शैय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।
कोरोना महामारीका बेला चिकित्सकलाई राजीनामा नगर्न आग्रह गर्दा पनि तीनै जनाले राजीनामा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । चिकित्सकहरूले राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । “डाक्टरहरूले राजीनामा दिएका छन् । हामीले उनीहरूलाई यो समयमा राजीनामा दिनु ठिक हैन भन्दै आएका छौँ । राजीनामा स्वीकृत पनि गरिएको छैन”, उनले भने ।
मेसु दासले आत्मसम्मानको लागि राजीनामा दिएको बताए । उनले अस्पतालमा स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नभएकाले बाध्य भएर राजीनामा दिएको बताए । उनले भने, “अस्पतालमा स्वतन्त्रपूर्वक काम गर्ने वातावरण छैन । चौतर्फी दबाव आउँछ । निर्णय गर्ने कुनै अधिकार दिएको थिएन । त्यसैले राजीनामा दिएका हौँ ।” करारका चिकित्सक भन्दै अस्पतालका कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरूले पेल्ने गरेको उनले गुनासो गरे ।
नगरपालिकाले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णयसँगै नगरपालिका र चिकित्सकबीच सेवा सुविधाको विषयमा मतभेद उत्पन्न भएको थियो । चिकित्सकले कोभिडको उपचारको क्रममा करारमा उल्लेख गरिएको भन्दा थप सेवा सुविधा हुनुपर्ने माग गरेका थिए । सो विषयमा पटकपटक छलफल हुँदा नगरपालिकाले नेपाल सरकारले तोकेको सेवा सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा चिकित्सकले असहमति जनाउँदै त्यसभन्दा थप सेवा सुविधा माग गरेका थिए । चिकित्सकको मागका विषयमा बुधबार साँझसम्म नगरपालिकामा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी