बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

बिहीबार, २३ वैशाख २०७८, २२ : ५७
बिहीबार, २३ वैशाख २०७८

एजेन्सी । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार बताएका छन् । 

गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको जिल्ला प्रमुख अहमद जिया याकोबीले सिन्ह्वासँग बताए । उक्त झडपमा चार तालिबानी विद्रोही पनि मारिएका उनले बताए ।

छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नजिक सशस्त्र लडाकूहरूले उनीहरूको सुरक्षा चौकीमा आक्रमण गरेपछि सुरक्षा अधिकारीको मृत्यु भएको टोलो न्यूज नामक स्थानीय टेलीभिजनले समाचारमा उल्लेख गरेको छ ।  

यसबाहेक, बिहीबार बिहान उत्तरी कज्दूद प्रान्तको राजधानी, कुन्दूज शहरमा भएको बम आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् भने केही गाडी तथा भौतिक संरचनामा समेत क्षति भएको छ । संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सेनाले देश छोडेर जाने क्रममा युद्धले घेरिएको अफगानिस्तानमा हिंसा फैलिएको छ। 

अमेरिकाले आफ्नो सेनालाई मे १ मा फिर्ता गर्ने भनेपनि तोकिएको समयमा उक्त कार्य नहुँदा तालिवान लडाकू समूहले अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीब्र बनाएको छ ।  अमेरिकी ट्रम्प प्रशासनले तालिवान समूहसँग मे १ मा आफ्नो सेना फिर्ता गर्ने बताए पनि वर्तमान राष्ट्रपतिले सेना फिर्ता गर्ने काम सेप्टेम्बर ११ सम्ममा पूरा गर्नेगरी तयारी गरिएको बताउनुभएको छ । अफगानिस्तानमा तीन हजार ५०० अमेरिकी तथा सात हजार नेटो सैनिक तैनाथ गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप